play_circle_outline On Air

बिबिसी बिहानी सेवा

play_circle_outline On Air

बिबिसी बिहानी सेवा

माडीमा जारी मेयरकपमा स्टार स्पोट्स क्लब ए, बि बिजयी

0

बैशाख ४ । माडीको बसन्तपुरमा जारी मेयर कप नअकाउट फुटबल प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेलमा स्टार स्पोट्सक्लब बि बिजयी भएको छ निकै रोमान्चक भएको खेलमा स्टार स्पोट्स क्लब बि ले कल्याणपुर फुटबल क्लबलाइ १-० गोल अन्तरले पराजित गरेको हो यस्तै आजै भएको दोस्रो खेलमा पनि स्टार स्पोट्स क्लब ए ले धुर्बतारा युवा क्लब रामराज्यपुरलाइ २-० गोल अन्तरले पराजित गरेको खेल संयोजक नविन बस्यालले जानकारी दिए ।यसअघि हिजो भएका खेलहरुमा माडी नगरपालिका ४ र डाइमण्ड फुटबल क्लब बिजयी भएका थिए।
यसैबीच भोलिपनि २ वटा खेल हुदै छन् माडी नगर खेलकुद विकास समिति र बसन्तपुर युनाइटेड क्लबको संयुक्त आयोजनामा सुरु भएको प्रतियोगितामा २० वटा क्लबको सहभागिता रहेको छ । विजेता टिमले नगद ७० हजार रुपैयाँ सहित मेडल र ट्रफि पाउनेछन् । द्वितिय हुने टिमले ३५ हजार रुपैयाँ प्राप्त गर्नेछ भने सेमिफाइन टिमबाट बाहिरिने दुवै टिमलाई १०÷१० हजार रुपैयाँ नगद सहित ट्रफि र मेडल दिइने बताए ।

Share.

Leave A Reply