play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

विद्यालय मर्ज हुन नदिन कस्सिय जनप्रतिनिधि सहित शिक्षक र अभिभावक

0

बैशाख ४ । रत्ननगर नगरपालिकाका भित्रका चार विद्यालयलाई मर्ज हुन नदिन जनप्रतिनिधिको साथमा शिक्षक र अभिभावक कस्सिएर लागेका छन । सरकारले सुुरु गरेको विद्यार्थी भर्ना अभियानलाई माध्यम बनाएर नगर भित्रका चार विद्यालयले विद्यार्थी संख्या बढाउन लागि परेका हुन । शिक्षक र अभिभावकले सुरु गरेको अभियानमा वडा स्तरका जनप्रतिनिधिहरुले पनि साथ दिएका छन । रत्ननगर नगरपालिकाले वडा नं.९ मा रहेको आधारभूत विद्यालय सिसै,वडा नं.८ मा रहेको आधारभूत विद्यालय मनहरा, वडा नं.५ मा रहेको आधारभूत विद्यालय पार्वती र सोही वडामा रहेको आधारभूत विद्यालय टरौलीलाई मर्ज गर्ने तयारी गरेको थियो । विद्यालयहरुले भर्ना अभियानकै क्रममा विद्यार्थी संख्या बढाउने अठोटका सात जनप्रतिनिधिको साथमा शिक्षक र अभिभावकहरु घरदैलो गरी अभिभावकहरुलाई सामुदायिक विद्यालयमा छोराछोरी पठाउन आग्रह गरेको नगरपालिकाकी प्रबक्ता सरस्वती लामाले बताईन । रत्ननगर नगरपालिकाले वडा नं.९ मा रहेको आधारभूत विद्यालय सिसैमा व्यवस्थापकीय कमजोरी र विद्यार्थीको संख्या कम भएपछि सो विद्यालय मर्ज गर्ने सुचिमा परेको थियो ।

नयाँ शैक्षिक सत्र देखि विद्यालय व्यवस्थापन समितिमा सुधार गर्ने,एक देखि ३ कक्षा सम्म अग्रेजी माध्यमबाट पढाई सुरु गर्ने र गुणस्तरीय शिक्षा प्रदान गर्न कम्तीमा दुई वटा शिक्षक व्यवस्थापन गरी एक बर्ष भित्र शिक्षाको गुणस्तर सुधार गर्ने प्रतिबद्धता सहित मर्ज नगर्न नगरपालिकालाई आग्रह गर्ने भएको छ । विद्यार्थीको संख्या बृद्धि गरी गुणस्तर सुधार गरी पठनपाठन गर्ने प्रतिबद्धता जनाउदै जनप्रतिनिधिहरु वडा अध्यक्ष रोशन आचार्य,सदस्यहरु मनबहादुर थापा मगर, गायत्री विक, कमान सिं चौधरी ,शिक्षक र अभिभावकहरुले घरदैलो गरेका हुन । यता आधारभूत विद्यालय मनहरा, आधारभूत विद्यालय पार्वती र आधारभूत विद्यालय टरौलीले पनि विद्यार्थीको संख्या बढाउन घरदैलो गरेका छन । विद्यालयहरुले गरेको घरदैलोमा सम्बन्धित वडाका वडा अध्यक्षहरु,प्रधानाध्यापकहरु,शिक्षक तथा कर्मचारीहरुको सहभागिता रहेको छ ।

Share.

Leave A Reply