play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

आईपीएलमा आज मुम्बई र बैंग्लोर भिड्ने

0

वैशाख ४ । इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज मुम्बई ईण्डियन्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीच प्रतिष्पर्धा हुँदै छ । राती सवा ८ बजेदेखि सुरु हुने खेलमा दुबै टोली जित निकाल्ने दाउमा हुनेछ ।प्रतियोगिता अन्तर्गत गएराति भएको खेलमा कोलकता नाईटराईडर्स विजयी भएको छ । आफ्नै गृहनगरमा भएको खेलमा कोलकताले दिल्ली डेयरडेभिल्सलाई ७१ रनको फराकिलो अन्तरले हराएको हो ।पहिलो व्याटिङ गरेको कोलकताले निर्धा्रित ओभर खेल्दै ९ विकेटको क्षतिमा २०० रन बनाएको थियो । २०१ रनको लक्ष्यका साथ मैदान उत्रिएको दिल्ली १४.२ ओभरमा अलआउट हुँदै १२९ रनमै समेटिए पछि खेल कोलकताले जितेको हो ।जारी प्रतियोगितामा चार खेल खेलेको कोलकताले २ खेलमा जित निकालेको छ भने दिल्लीका लागि यो तेस्रो हार हो । कतालिकमा कोलकता दोश्रो स्थानमा छ भने दिल्ली डेयर डेभिल्स अन्तिमबाट दोस्रो स्थानमा छ ।

Share.

Leave A Reply