play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

0

वैशाख ४ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी बढाएको छ । निगमले आजदेखि लागुहुने गरि पेट्रोलको १ रुपैयाँ, डिजेल र मट्टितेलको २ र २ रुपैयाँ बढाएको हो ।अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि सोही अनुसार मूल्य समायोजन गरिएको निगमका प्रवक्ता विरेन्द्र गोइतले बताउनुभयो । नयाँ मूल्य अनुसार पेट्रोलको मुल्य प्रतिलिटर १ सय ६ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर ८७ र ८७ रुपैयाँ पुगेको निगमले जनाएको छ ।यसअघि प्रतिलिटर पेट्रोलको मूल्य १ सय ५ रुपैयाँ, डिजेल र मट्टितेल ८५ रुपैयाँ कायम थियो । निगमले चैत १९ गते पनि पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रदुई रुपैयाँ बढाएको थियो । निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने बढाएको छैन ।

Share.

Leave A Reply