play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

पार्टी एकताबारे ओली र दाहालले आन्तरिक गृहकार्य गर्ने

0

वैशाख ०३,
नेकपा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आन्तरिक गृहकार्य गर्ने भएका छन् ।पार्टी एकतामा देखिएका विवाद निरुपण गर्न ओली र दाहालले पार्टी्भित्र छलफल गर्ने भएका छन् । एमालेले सोमबार साँझ नै स्थायी कमिटी बैठक बोलाएको छ ।
दाहालले पनि ओलीसँग भएका समझदारीरअसमझदारीबारे पार्टी्भित्र छलफल गर्ने भएका छन् ।
दुई नेताबीच मंगलबार बिहान पार्टी एकता संयोजन समितिको बैठक बोलाउने सहमति भएको छ ।
दुई नेताबीचको लामो छलफलपछि पार्टी शिक्षक संगठनको कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफू पार्टी एकताको पक्षमा प्रतिबद्ध रहेको बताएका थिए ।
एमाले र माओवादी केन्द्रबीच एकीकृत पार्टीको चुनाव चिन्ह, अन्तरिम विधानमा जनयुद्ध शब्द प्रयोग र केन्द्रीय कमिटीको संख्या अनुपातमा सहमति भएको छैन ।
माओवादी केन्द्रले केन्द्रीय कमिटीमा बराबरीको सिद्धान्तसहित जनयुद्ध शब्दको प्रयोग गर्नुपर्ने अडान लिएको छ । उसले सूर्य चिन्हको विकल्प खोज्न सुझाएको छ । एमालेले भने जनयुद्ध शब्दमा सहमति जनाएको छैन भने सूर्य चिन्ह हुनुपर्ने अडान लिएको छ । हैसियतअनुसार अनुपात निर्धारण गर्नुपर्नेमा एमालेको जोड छ ।

Share.

Leave A Reply