play_circle_outline On Air

तपाईको रोजाइ

play_circle_outline On Air

तपाईको रोजाइ

चिनियाँ रक्षामन्त्री नेपाल आउँदै

0

१० चैत – छिमेकी मुलुक चीनका रक्षामन्त्री जनरल चाङ वानक्वान तीनदिने औपचारिक भ्रमणको सिलसिलामा आज नेपाल आउँदै हुनुहुन्छ ।

रक्षामन्त्री बालकृष्ण खाँणको निमन्त्रणामा चाङको नेतृत्वमा १९ सदस्यीय चिनियाँ प्रतिनिधिमण्डल नेपालको औपचारिक भ्रमणमा आउन लागेको रक्षा मन्त्रालयले जनाएको छ ।

चीनका रक्षामन्त्री चाङले प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजे शिष्टाचार भेट गर्नुहुनेछ ।

रक्षामन्त्री खाँण र चाङबीच सिंहदरबारस्थित रक्षा मन्त्रालयमा आज नै भेटवार्ता हुने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

चिनियाँ रक्षामन्त्री चाङले नेपाली सेनाको उपत्यका पृतनाको निरीक्षण तथा अवलोकन भ्रमण गर्नुहुनेछ । मन्त्री चाङले भोली बिहान सैनिक मुख्यालयमा प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग भेटवार्ता गर्नुहुनेछ ।

रक्षामन्त्री चाङले वसन्तपुर क्षेत्रका क्षतिग्रस्त सम्पदाको अवलोकन भ्रमण गर्नेसमेत कार्यक्रम रहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि उहाँले भोली दिउँसो राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गर्नुहुनेछ ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिसँग रक्षामन्त्री चाङले भोली नै भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ ।
चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणका क्रममा आपसी हित, द्विपक्षीय चासो र सहयोगका बारेमा छलफल हुने रक्षा मन्त्रालयका प्रवक्ता उत्तमप्रसाद नागिलाले जानकारी दिनुभयो ।

Share.

Leave A Reply