play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

माडीमा जारी मेयरकपमा माडी नगरपालिका ४ र डाइमण्ड फुटबल क्लब बिजयी

0

३ बैशाख । माडीको बसन्तपुरमा जारी मेयर कप नअकाउट फुटबल प्रतियोगितामा आजको पहिलो खेलमा माडी नगरपालिका ४ बिजयी भएको छ माडी नगरपालिका ४ ले अयोध्यापुरी फुटबल क्लब अयोध्यापुरीलाइ ट्राइबेकरमा ४-२ गोल अन्तरले पराजित गर्दै बिजयी भएको छ निकै रोमान्चक भएको खेलमा ९० मिनेट समय सम्म दुवै टोलिबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा धकलिएको थियो यस्तै आजै भएको दोस्रो खेलमा लिबटि युवा क्लब इनारबरुवालाइ ३-० गोल अन्तरले पराजित गर्दै डाइमण्ड फुटबल क्लब नयापर्सा बिजयी भएको खेल संयोजक नविन बस्यालले जानकारी दिए ।
यसअघि हिजो भएका खेलहरुमा गौरी शंकर फुटबल क्लब र चैनपुर फुटबल क्लब बिजयी भएका थिए।
यसैबीच भोलिपनि २ वटा खेल हुदै छन् भोलि दिउसो १ बजे हुने खेलमा कल्याणपुर फुटबल क्लबले स्टार स्पोट्स क्लब बि को सामना गर्दा भोलि नै हुने दोस्रो खेलमा दिउसो ३ बजे स्टार स्पोट्स क्लब ए ले धुर्बतारा युवा क्लब रामराज्यपुरको सामना गर्ने छ माडी नगर खेलकुद विकास समिति र बसन्तपुर युनाइटेड क्लबको संयुक्त आयोजनामा सुरु भएको प्रतियोगितामा २० वटा क्लबको सहभागिता रहेको छ । विजेता टिमले नगद ७० हजार रुपैयाँ सहित मेडल र ट्रफि पाउनेछन् । द्वितिय हुने टिमले ३५ हजार रुपैयाँ प्राप्त गर्नेछ भने सेमिफाइन टिमबाट बाहिरिने दुवै टिमलाई १०÷१० हजार रुपैयाँ नगद सहित ट्रफि र मेडल दिइने बताए ।

Share.

Leave A Reply