play_circle_outline On Air

सम्बाद

play_circle_outline On Air

सम्बाद

चितवनका तेक्वान्दो खेलाडीले जापानमा प्रतिस्पर्धा गर्ने

0

बैशाख ३ । चितवनका तेक्वान्दो खेलाडीले जापानको ओसाकामा हुने अन्र्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन । अप्रिल २१ र २२ गते हुने सो प्रतियोगितामा जिल्लाका चार जना खेलाडीले प्रतिस्पर्धा गर्ने अबसर पाएका हुन । चितवन तेक्वान्दो डोजाङका सुनिल सिंह,पिठुवा तेक्वान्दो डोजाङका उज्वल श्रेष्ठ र भरतपुर तेक्वान्दो डोजाङका कासिफ मिँया तथा जय सुवेदीले तेक्वान्दो प्रतियोगितामा प्रतिस्पर्धा गर्न जापान जादैछन । नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमितिका बरिष्ठ उपाध्यक्ष तथा अन्र्तराष्ट्रिय प्रशिक्षक रोशन खाँनको नेतृत्वमा खेलाडीहरुको टोली अप्रिल १९ तारिकमा जापान प्रस्तान गर्ने छ । पुम्से र फाईटिङ विधामा हुने सो प्रतियोगितामा तेक्वान्दोका राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडी सिंहले ८० केजी भन्दा माथी तोल समुह,श्रेष्ठले ६३ केजी तौल समुह,मिँयाले ४४ केजी तौल समुह र जय सुवेदीले ३५ केजी तौल समुहमा प्रतिस्पर्धा गर्ने संघका बरिष्ठ उपाध्यक्ष खाँनले जानकारी दिए ।

सो प्रतियोगितामा ९९ देशका तेक्वान्दो खेलाडीको सहभागिता रहने छ । अन्र्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा प्रतिस्पर्धा गर्न जापान जान लागेको टोलीका नेतृत्वकर्ता खाँन सहित चार जना खेलाडीलाई नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति चितवनले विदाई गरेको छ । रत्ननगरमा आयोजित एक कार्यक्रममा संघका अध्यक्ष पुष्पराज जोशी,उपाध्यक्ष गोपाल श्रेष्ठ,सचिव शैलेस श्रेष्ठ,सहसचिव प्रदिप श्रेष्ठ र कोषाध्यक्ष धनबहादुर दराईले खादा ओढाएर खेलाडीहरुलाई जितको शुभकामना सहित विदाई गरेका थिए । सो अबसरमा संघका अध्यक्ष जोशीले यस अघि पनि अन्र्तराष्ट्रिय स्तरमा गोल्ड मेडल जितिसकेकाले जापानमा हुने खेलामा पनि गोल्ड मेडल जित्नेमा आफु आशावादी रहेको बताए ।

Share.

Leave A Reply