play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

सिरियामा स्थानीय विद्रोही र टर्कीस् सैनिकबीच भिडन्त हुदा ९ जनाको मृत्यु

0

बैशाख ३, उत्तरपश्चिमी सिरियाको आफ्रिन प्रान्तमा आज बिहान भएको एक झडपमा परि ९ जना सैनिक मारिएका छन् भने अरु १३ जना घाइते भएका छन् ।सो क्षेत्रमा त्यहाँका स्थानीय विद्रोही र टर्कीस् सैनिकबीच भिडन्त भएको थियो । झडपको विस्तृत समाचार प्राप्त भएको छैन ।टर्कीको सेनाले प्रकाशन गरेको विज्ञप्तिअनुसार टर्कीस् सेनाको ‘ओपसन ओलिभ ब्रान्च’ले सिरियाको आफ्रिनमा सुरु गरेको कारबाहीको क्रममा ज्यान गुमाउने सैनिकको संख्या ५० पुगेको बताइएको छ ।
सो क्षेत्रमा केही दिनयतादेखि टर्कीको सेनाले हवाई कारबाही पनि गर्ने गरेको समाचारमा जनाइएको छ । सिरियमा गत शनिबार अमेरिकी नेतृत्वमा फ्रान्स र बेलायती सेनाले पनि आक्रमण गरेको थियो ।तर सो आक्रमण कतै लक्षित नभई सिरियाली सैनिकले भण्डारण गरेको भनिएको रासायनिक हतियारको भण्डारणस्थलमा केन्द्रित भएको अमेरिकी अधिकारीले जनाएका छन् ।

Share.

Leave A Reply