play_circle_outline On Air

लोकभाका

play_circle_outline On Air

लोकभाका

प्रधानमन्त्री दाहाल आज चीन जादैँ

0

१० चैत – प्रधानमन्त्री पुष्पकमल दाहाल आज १५ सदस्यीय टोलीसहित चीन भ्रमणमा जानुहुने भएको छ ।
एक साता लामो चीन भ्रमणमा प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपति सी जिनपिङलसंग भेट्ने कार्यक्रम छ । तर, यस पटकको भ्रमणमा कुनै सन्धि–सम्झौतामा भने हस्ताक्षर हुनेछैन ।
भ्रमणका क्रममा दुई देशबीच विगतमा भएका सन्धि, सम्झौता कार्यान्वयनमा प्रतिवद्धा खोज्ने बारेमा छलफल हुने परराष्ट्रमन्त्री डा। प्रकाश शरण महतले जानकारी दिनुभयो ।
चीनका प्रधानमन्त्री ली खछ्याङ र विदेशमन्त्री चीनबाहिर रहनुभएकाले अहिले कुनै सम्झौता नहुने महतको भनाई छ ।
यसैबीच आजदेखि सुरु हुने बोआओ फोरमको सम्मेलन चैत १३ गतेसम्म सञ्चालन हुनेछ । त्यही कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री दाहाल आज चीन जाने कार्यक्रम हो ।

प्रधानमन्त्रीको भ्रमणदलमा पत्नी सीता दाहाल, पररराष्ट्र मन्त्री डा। प्रकाशशरण महत, परराष्ट्र सचिव शङ्करदास बैरागी तथा मन्त्रालयका उच्च अधिकारी छन् । बोआओमा रहँदा प्रधानमन्त्री दाहालले ११ गते चीनका उपप्रधानमन्त्रीलाई भेट्ने कार्यक्रम छ ।
उहाँले चैत १२ गते बोआओ फोरमलाई सम्बोधन गर्नुहुनेछ । बोआओ मञ्चको उद्घाटनलाई सम्बोधन गरेपछि त्यही दिन उहाँ बेइजिङका लागि प्रस्थान गर्ने कार्यक्रम छ । बेइजिङमा प्रधानमन्त्री दाहालले चीनका राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

उहाँले चैत १३ गते नेपाल–चीन सम्बन्ध विषयमा बेइजिङ फरेन स्टडिज युनिभर्सिटीमा सम्बोधन गर्ने कार्यक्रम छ । विद्वान, शिक्षाविद्, व्यवसायी तथा विद्यार्थीलाई सम्बोधन गरेपछि उहाँले विश्वविद्यालय परिसरमा स्थापित नेपाल अध्ययन केन्द्रको उद्घाटन गर्ने कार्यक्रम छ ।
सोही दिन उहाँले चिनियाँ व्यापारी समुदायलाई समेत सम्बोधन गर्नुहुनेछ । बेइजिङपछि प्रधानमन्त्रीको टोली तिब्बत पुग्ने कार्यक्रम छ ।
तिब्बत सरकारका नेतासँग त्यहाँ भेट गर्ने र नेपाल र तिब्बतबीच स्थानीय तहमा विद्यमान द्विपक्षीय संयन्त्रलाई थप क्रियाशील बनाउने विषयमा छलफल गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । प्रधानमन्त्रीको टोली चैत १६ गते ल्हासाबाट स्वदेश फर्कने कार्यक्रम छ ।

Share.

Leave A Reply