play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

सिरिया आक्रमणका लागि ट्रम्पलाई आफूले नै सहमत गराएको फ्रान्साका राष्ट्रपतिको दावी

0

बैशाख ३ । फ्रान्सका राष्ट्रपति इम्यानुअल मैक्रोंले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सिरियामा आक्रमणका लागि आफूले नै सहमत गराएको दावी गरेका छन् ।लामो समयसम्म रहनपर्ने भन्दै सिरियाबाट अमेरिकी सैनिक फिर्ता नबोलाउन आफूले राजी गराएको दावी उनले गरेका हुन ।यसै महिनाको शूरुमा सिरियाबाट चाँडै नै फिर्ता आउने घोषणा गरेका ट्रम्पले गत शनिवार ब्रिटेन र फ्रान्सको साथमा सिरियामा हवाई आक्रमण गर्न आदेश दिएका थिए ।आक्रमण पनि केही निश्चित स्थानमा मात्र गर्नुपर्नेमा पनि आफूले अमेरिकालाई सहमत गराएको दावी राष्ट्रपति मैक्रोंको छ ।यसैबीच सिरियाली राष्ट्रपति बशर अल असदसँग सम्बन्धित रुसी कम्पनीमाथि सोमवार प्रतिबन्ध लगाइने अमेरिकाले जनाएको छ ।

यता, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सिरियाविरुद्ध पश्चिमा शक्तिले थप क्षेप्यास्त्र प्रहार गरे त्यसले अन्तर्राष्ट्रिय स्तरमा अस्तव्यस्तता निम्त्याउने चेतावनी दिएका छन् ।इरानी राष्ट्रपति हशन रुहानीसँग भएको टेलिफोन कुराकानीका पुटिने यस्तो चेतावनी दिएका हुन् ।सिरियाली सरकारका दुई महत्वपूर्ण सहयोगी रुस र इरानले आक्रमणसँगै सिरियामा राजनीतिक निकासको सम्भावना क्षीण भएको निष्कर्ष पनि निकालेका छन् ।अमेरिका, बेलायत र फ्रान्सले सिरियाको राजधानी दमस्कस र त्यस वरपरको क्षेत्रका सरकारी भवनलाई लक्षित गरी हवाई आक्रमण गरेपछि रुस, चीन र इरानले आपत्ति जनाएका छन् ।

Share.

Leave A Reply