play_circle_outline On Air

मैसरिसुनाखरी

play_circle_outline On Air

मैसरिसुनाखरी

माडीमा जारी मेयरकप फुटबलमा गौरीशंकर र चैनपुर बिजयी

0

२ बैशाख । माडीको बसन्तपुरमा जारी मेयर कप नअकाउट फुटबल प्रतियोगितामा आजको पहिलो खेलमा गौरी शंकर फुटबल क्लब बिजयी भएको छ गौरीसंकरले बर्डस नेपाल बघौडालाइ २-१ गोल अन्तरले पराजित गर्दै बिजयी भएको हो यस्तै आजै भएको दोस्रो खेलमा चैनपुर फुटबल क्लबले स्याउलीबास फुटबल क्लबलाइ १-० गोल अन्तरले पराजित गरेको खेल संयोजक नविन बस्यालले जानकारी दिए ।यसअघि हिजो भएको खेलमा बाँदरझुला र रामराज्यपुरको फुटबल क्लबले बिजयी यात्रा शुरु गरेका थिए।
यसैबीच भोलिपनि २ वटा खेल हुदै छन् भोलि दिउसो १ बजे हुने खेलमा अयोध्यापुरी फुटबल क्लब अयोध्यापुरीले माडी नगरपालिका ४ को सामना गर्दा भोलि नै हुने दोस्रो खेलमा दिउसो ३ बजे लबटी युथ कलन इनारबरुवाले डाइमण्ड फुटबल क्लब नयापर्साको सामना गर्ने छ माडी नगर खेलकुद विकास समिति र बसन्तपुर युनाइटेड क्लबको संयुक्त आयोजनामा सुरु भएको प्रतियोगितामा २० वटा क्लबको सहभागिता रहेको छ । विजेता टिमले नगद ७० हजार रुपैयाँ सहित मेडल र ट्रफि पाउनेछन् । द्वितिय हुने टिमले ३५ हजार रुपैयाँ प्राप्त गर्नेछ भने सेमिफाइन टिमबाट बाहिरिने दुवै टिमलाई १०÷१० हजार रुपैयाँ नगद सहित ट्रफि र मेडल दिइने बताए ।

Share.

Leave A Reply