play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

अफगानिस्तानमा तालिवान आक्रमणमा परि चार प्रहरीसहित २० जनाको मृत्यु

0

बैसाख २, अफगानिस्तानमा भएका दुई वटा छुट्टाछुट्टै गोली हानाहानका घटनामा परी कम्तीमा २० जनाको मृत्यु भएको छ ।अधिकारीहरूले आज दिएको जानकारीअनुसार आज बिहान सात जना तालिवान लडाकू र दुई जना बन्दुकधारी हेरात प्रान्तको चिस्ती सारिफ जिल्लामा मारिएका छन् ।मारिएकामध्ये एक जना नस्रुल्लाह बाग्घिसी नामका तालिवान डिभिजन कमाण्डर पनि रहेको समाचारमा जनाइएको छ ।त्यसैगरी पूर्वी गाज्नी प्रान्तमा चार जना प्रहरी र सात जना तालिबान लडाकू गरी ११ जना मारिएका छन् ।लडाकूहरूले स्थानीय सुरक्षा कार्यालयमा सुरक्षाकर्मीहरूलाई लक्षित गर्दै आक्रमण गरेपछि भएको दोहोरो भिडन्तका क्रममा उनीहरू मारिएका हुन् ।
जघातो जिल्लामा शनिबार राति सो भिडन्त भएको प्रान्तीय सरकारका प्रवक्ता हारिफ नुरीले सिन्ह्वालाई जानकारी दिनुभयो ।एक अर्कालाइ गोली हानिरहेको अर्काे एक घटनामा परी पाँच जना लडाकू र केही प्रहरी घाइते भएको प्रहरीले स्रोतले जनाएको समाचारमा उल्लेख छ ।

Share.

Leave A Reply