नाईजेरियामा बोको हरामले कब्जामा लिएका अधिकांश बालिका मारिए’

0

वैशाख २ । नाईजेरियामा बोको हरामले कब्जामा लिएका अधिकांश बालिका मारिइसकेको खुलेको छ ।बोको हरामको सम्पर्कमा रहेका नाईजेरियाली एक पत्रकारले बोको हरामको कब्जामा रहेका ११२ बालिका मध्ये १५ जनामात्र जीवित रहेको बताएका हुन् ।अहमद सलकिदा नामका ती युवकले बोको हरामसँग गरेको छलफलमा बोको हरामले आफ्नो कब्जामा रहेका बालिका मारिइसकेको बताएको हो ।
चार बर्षअघि २७६ जना स्कुले बालिका अपहरण गरेकोमा केही भने छुटेका थिए । नाइजेरियन सरकारले भने बालिका मारिनुपर्ने कुनै कारण नभएको जनाएको छ ।साल्किदालाई नाइजेरियाका पूर्वराष्ट्रपति गुडलक जोनाथनले स्कुले बालिका अपहरणमा परेपछि कब्जामुक्त प्रयासका लागि आग्रह गरेका थिए । (एजेन्सी)

Share.

Leave A Reply