play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

आईपिएल क्रिकेटः हैदराबादको तेस्रो जित, आज दुई खेल हुँदै

0

वैशाख ०२,
आईपीएल क्रिकेटमा सनराइजर्स हैदराबादले कोलकाता नाइटराइडर्सलाई पाँच विकेटले हराएको छ । कोलकातामा गएराति भएको खेलमा घरेलु टोलीले दिएको १ सय ३९ रनको लक्ष्य हैदराबादले १९ ओभरमा ५ विकेट गुमाएर भेट्टाएको हो ।
हैदराबादको जितमा केन विलियम्सनले ५०, सकिव अल हसनले २७ र ऋद्दिमन सा ले २४ रन बनाए । जीतसँगै अहिलेसम्म खेलेका तीनवटै खेल जितेको हैदराबाद अंक तालिकाको शीर्ष स्थानमा छ । पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३८ रन बनाएको थियो । कोलकाताका क्रिस लायनले ४९ र दिनेश कार्तिकले २९ रन बनाएका थिए ।
प्रतियोगितामा आज बेंग्लोर र राजस्थान दिउँसो सवा ४ बजेपछि खेल्नेछन् । यस्तै राति सवा ८ बजेपछि सुरु हुने खेलमा चेन्नई र पञ्जाव खेल्नेछन् ।

Share.

Leave A Reply