play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

सिरिया हमलाः शक्ति राष्ट्रबीच विवाद चर्किंदै

0

वैशाख ०२,
सिरियामा भएको रासायनिक हमलाको स्वतन्त्र रुपमा अनुसन्धान गर्न अमेरिका, फ्रान्स र ब्रिटेनले माग गरेका छन् । उनीहरुले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्लाई मनाउन नयाँ प्रयासहरू थालेको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
अमेरिकाको संयोजनमा फ्रान्स र ब्रिटेनले सिरियाको रासायनिक अस्त्र निर्माण गर्ने ठानिएका क्षेत्रहरूमा क्षेप्यास्त्र हमला गरेका थिए । यी तीनै देशले अन्य परिषद् सदस्यहरूलाई मस्यौदा प्रस्ताव समेत पठाएका छन् । उक्त मस्यौदा प्रस्तावमा सिरियामा मानवीय सहायता पुर्याउन र संयुक्त राष्ट्रसंघले नेतृत्व गरेको शान्ति वार्तामा सामेल हुन आह्वान गरिएको छ ।
तर रुसले अमेरिकाले सैन्य कारवाही गरेर गम्भिर गल्ति गरेको भन्दै जाँचबुझविरुद्ध विरोध गर्दै आएको छ ।
यसैबिच
संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद बैठकमा सिरियाविरुद्ध अमेरिका, बेलायत र फ्रान्सको मिसाइल आक्रमणको भर्त्सनाका लागि समर्थन जुटाउने रुसको प्रयास विफल भएको छ ।
सिरियामाथि यी तीन राष्ट्रले गरेको आक्रमणलाई रुसले गुण्डागर्दीको संज्ञा दिंदै यसको विरोधमा सुरक्षा परिषदको आपतकालीन बैठकमा समर्थन जुटाउन रुस असफल भएको हो । सिरियामा रसायनिक आक्रमणको जाँच चलिरहेको बेला तीन राष्ट्रले सिरियाको सरकारी अखडामा गरेको आक्रमण अन्तर्रा्ष्ट्रिय कानुनको घोर उल्लंघन भएको रुसको ठहर छ ।
उता, अमेरिकाले भने सिरियामा रसायनिक हतियार प्रयोग रोक्न सिरियामाथि फेरि आक्रमण गर्न तयार गरेको जनाएको छ ।

Share.

Leave A Reply