play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

आईपीएलमा अहिले दिल्लीले मुम्बईको सामना गर्दै, सन्दीप आज पनि परेनन्

0

वैशाख १ – अघिल्लो वर्षको आईपीएल च्याम्पियन मुम्बई इन्डियन्स र दिल्ली डेयरडेभिल्स मुम्बईको घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछन् । दुवै टिमका लागि यो संघर्षपूर्ण प्रतिस्पर्धा रहनेछ । रोहित शर्माको कप्तानीमा रहेको मुम्बई इन्डियन्सले पहिलो दुई खेलमा चेन्नई सुपर किंग्स र सनराइजर्स हैदराबादसँग हार बेहोरेको छ । त्यस्तै गौतम गम्भीरको कप्तानीमा रहेको दिल्लीले पनि आफ्ना दुई खेल राजस्थान रोयल्स र किंग्स इलाभेन पञ्जाबसँग हारेको छ । दुवै टिमले पहिलो जित हात पार्नका लागि खेल्नेछन् । खेलमा दिल्ली डेयरडेभिल्सका कप्तान गौतम गम्भीरले टस जितेर पहिले फिल्डिङ रोजेका छन् ।
ताजा अवस्थामा मुम्बईले चार ओभरको समाप्तिमा बिना विकेटको क्षतिमा ५२ रन बनाएको छ ।मुम्बईले बेन कटिङको स्थानमा अकिला धनन्जय र प्रदीप सांगवानको स्थानमा हार्दिक पंड्यालाई प्लेइङ ११ मा उतारेको छ । त्यस्तै दिल्लीले कोलिन मुन्रोको स्थानमा जेसन रोय र क्रिस मोरिसको स्थानमा डेनियल क्रिस्टियनलाई उतारेको छ । सन्दीप लामिछाने आज पनि टिम ११ मा पर्न सकेनन् ।

Share.

Leave A Reply