चैत ३०- नेपाली नयाँ वर्ष २०७५ को अवसर पारेर आयोजना गरिएको ‘कुटुम्ब न्यू इअर इभ’को सम्पूर्ण तयारी पुरा भएको छ ।
भरतपुर महानगरपालिकामा पर्ने लेक ट्वान्टी थाउजेन्ट् फार्म एण्ड रिेट्रिक चम्पानगरमा आयोजना हुने कार्यक्रमको तयारी पुरा भएको आयोजकले पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो । आज साँझ ४ः३० बजेदेखि सुरु हुने कार्यक्रमको लागि बिहीबार नै कुटुम्ब ब्याण्डका राजु महर्जन सहित ६ जना चितवन आइसकेका छन् । त्यस्तै उक्त न्यू इअर इभमा स्थानीय ‘ब्रो हुड ब्याण्डको समेत प्रस्तुती रहने आयोजक संस्था कलि इन्टरटेनमेन्टका रविन पाण्डेले जानकारी दिए । आज साँझदेखि हुने कार्यक्रमको लागि पाँच सय र एक हजार रुपैयाँ दरका टिकट बिक्री गरिएको संस्थाका सुरज गोदारले बताए । नेपालको लोक संस्कृतिको धुनहरु संकलन गर्ने ब्याण्डको रुपमा परिचित कुटुम्बले आज मध्यरातिसम्म आफ्नो प्रस्तुती राख्ने गोदारको भनाइ थियो । कुटुम्ब न्यू इअर इभको lशर्षक प्रfयोजsको रुपमा मेट्स एजुकेसन प्रा.ली रहेको छ भने मुख्य प्रायोजकको रुपमा नेपाल आईस बियर रहेको छ । कार्यक्रम एक हजार रुपैयाँको टिकट खरिद गर्नेले नेपाल आईस बियर निशुल्क रुपमा पाउने समेत आयोजकले जनाएको छ । कार्यक्रम गर्न ११ लाख रुपैयाँ खर्च हुने भन्दै रञ्जना फाउन्डेशनका प्रकाश श्रेष्ठले कार्यक्रमबाट बचत भएको रकम मध्ये केही रकम गीतानगरमा रहेको सिद्धेश्वर प्राविमा अध्ययनरत जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिने बताए । कार्यक्रम हुने स्थानको सुरक्षाको लागि सुरक्षा निकायसँग सहकार्य गरिएको लेक ट्वान्टी थाउजेन्टका सञ्चालक देभेन लोहनीको भनाइ छ । साथै उहाले यसपालीको नया वर्षमा सवैको प्रिय कुटुम्ब व्याण्डको संगितमा रम्नका लागि लेक ट्वान्टी थाउजेन्ट् फार्म एण्ड रिेट्रिक चम्पानगरमा सहभागी हुन सवैमा आग्रह समेत गर्नुभएको छ ।
यसपालीको नयाँ वर्ष कुटुम्वको साथमा
0
Share.