play_circle_outline On Air

तपाईको रोजाइ

play_circle_outline On Air

तपाईको रोजाइ

अब राष्ट्रिय दल हुन तीन प्रतिशत थ्रेसहोल्ड र प्रत्यक्ष तर्फ एक सिट जित्नै पर्ने

0

चैत्र ९, निर्वाचनमा समानुपातिक प्रतिनिधित्वका लागि राज्य व्यवस्था समिति अन्तर्गतको उपसमितिले तीन प्रतिशत ‘थ्रेस होल्ड’ राख्न सिफारिस गरेको छ। आज सिंहदरबारमा बसेको बैठकले समानुपातिकमा प्रतिनिधित्व गर्न कूल खसेको मतको तीन प्रतिशत ल्याउनुपर्ने र एक जना प्रत्यक्ष निर्वाचित हुनुपर्ने गरी सिफारिस गरेको हो। साना दलको बिरोधका बिच  उपसमितिले यसलाई पारित गरेर समितिमा सिफारिस गरेको हो। अब यसलाई राज्य व्यवस्था समितिले अनुमोदन गरेपछि राजनीतिक दल सम्बन्धी विधेयक संसदमा जान्छ।थ्रेस होल्डमा साना दलहरुले असहमति जनाउँदै आएका छन्। साना दलको विरोधकाबीच उपसमितिले तीन प्रतिशत थ्रेस होल्डको सिफारिस गरेको हो। एक सिट पनि प्रत्यक्षमा नजित्दा पनि थ्रेसहोल्डको सजिलो प्रावधानका कारण अहिले संसदमा एक दुई सिटे साना दलहरु धेरै छन्।

Share.

Leave A Reply