play_circle_outline On Air

लोकभाका

play_circle_outline On Air

लोकभाका

आजदेखि सिम्रिक एयरलाईन्सले उडान सुरु -भरतपुर विमानस्थल

0

चैत ९ ,चितवनमा आजदेखि सिम्रिक एयरलाईन्सले उडान सुरु गरेको छ । दैनिक एक उडान मार्फत आजदेखि औपचारिक रुपमा उडान सुरु भएको हो । विहान १०:१० बजे काठमाडौंबाट पहिलो उडान भरतपुर विमानस्थल आई पुगेको छ । सिम्रिकले माउण्टेन उडानसंगै भैरहवा र पोखरामा पनि उडान भर्दै आईरहेको छ ।
चितवनमा यात्रुहरुको मागलाई ध्यानमा राखेर उडान सुरु गरिएको बजार निर्देशक डिबि रानाले नारायणी अनलाईनलाई जानकारी दिनुभयो । उहाँले चितवनपछि सिमरामा पनि सिम्रिक एयरले उडान भर्ने तयारी गरिरहेको जानकारी दिनुभयो । चितवनमा हाल बुद्ध एयर र यति एयरलाईन्सले उडान भर्दै आईरहेको छ । यात्रुहरुबाट टिकट नपाउने गरेको गुनासो आईरहेको बेला सिम्रिको उडानसंगै यात्रुहरुको गुनासो सम्बोधन हुनेछ । चितवनमा नारायणगढ–मुग्लिन सडक खण्डका कारण पनि अन्य जिल्लामा जाने यात्रुहरु पनि भरतपुर विमानस्थल सम्म हवाई यात्रा प्रयोग गर्ने गरेका छन् ।

Share.

Leave A Reply