play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

अत्यावश्यक औषधिको व्यवस्थापन गर्न खरिद प्रक्रिया सुरु गरिसकेको सरकारको दावी

0

चैत २८ – अत्यावश्यक औषधिको व्यवस्थापन गर्न खरिद प्रक्रिया सुरु गरिसकेको सरकारले दावी गरेको छ । स्वास्थ्य सेवा विभागले अभाव देखिएका औषधि खरिदका लागि रकम निकासा गरिसकेको दावी गरेको हो । केही ठाउँमा औषधि खरिदका लागि काम सुरु भइसकेको र केहीमा सुरु हुने क्रममा रहेको विभागका महानिर्देशक गुणराज लोहनीले बताउनुभयो । उहाँका अनुसार औषधिको अभाव देखिएको ठाउँमा स्टकमा औषधि रहेका ठाउँबाट ढुवानी गर्न थालिएको छ ।
यस्तै उहाँले जाजरकोटमा औषधि पुर्‍याउन हिजो गाडी पठाएको पनि जानकारी दिनु भएको छ । स्थानीय स्तरमा औषधिको अभाव देखिए तत्काल केन्द्रसँग समन्यव गर्न पनि विभागले आग्रह गरेको छ ।औषधि खरिदका लागि समयमानै रकम निकासा नहुँदा अहिले अभाव देखिएको हो । सडक सञ्जालमा नजोगिएका पहाडी क्षेत्रमा औषधिको अभाव धेरै देखिएको छ । हरेक वर्ष यी क्षेत्रमा त्यहाँ औषधि खरिद र ढुवानीमा समस्या हुने गरेको छ ।

Share.

Leave A Reply