play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

आइजी, एआइजी र डिआइजीसहित २८ उच्च तहका प्रहरी अधिकृत बिदा हुँदै

0

चैत २८
३० वर्षे सेवा अवधिका कारण नेपाल प्रहरीका उच्च तहका अधिकृतहरु बुधवार मध्यरातबाट अवकाश पाउँदैछन्। अवकाश पाउनेमा १५ जना एआइजी, नौ जना डिआइजी र दुई जना एसएसपी रहेका छन्। अवकास हुन लागेका एआइजीहरुमा जयबहादुर चन्द, बमबहादुर भण्डारी, देवेन्द्र सुवेदी, बिजय भट्ट, हेमन्त पाल, रणबहादुर चन्द, मिङमार लामा, मधु पुडासैनी, केशरीराज  घिमिरे, विजयलाल कायष्थ, माधव जोशी, कमलसिंह बम, पंकज श्रेष्ठ, पशुपति उपाध्याय रहेका छन्। त्यसै डिआइजीहरुमा केदारमानसिंह भण्डारी, गणेश केसी, सुदीप आचार्य, रमेश रञ्जित, रोमेन्द्रसिंह देउजा, गोविन्द निरौला, भोगबहादुर थापा, पुष्प रञ्जित र पुस्कल रेग्मी रहेका छन्। उनीहरुसगै दुई एसएसपी पनि बुधवारबाट अवकाश जान लागेका हुन्।  १५ जना एआइजीले अवकाश पाएसँगै नेपाल प्रहरीमा एकजनामात्र प्राविधिकतर्फका एआइजी रहनेछन्।

Share.

Leave A Reply