आगामी आर्थिक वर्ष २०७५/७६ का लागि बजेट तयारी तिब्र

0

चैत्र २६, अर्थमन्त्रालयले आगामी आर्थिक वर्ष २०७५/७६ का लागि बजेट तयारी तिब्र पारेको छ । स्थानीय तहको विकासलाई पहिलो प्राथमिकतामा राखेर बजेट गृहकार्य तिब्र पारिएको अर्थले जनाएको छ । यसअघि ऊर्जा, शिक्षा, स्वास्थ्य जस्ता विषयलाई प्रमुख मानेर केन्द्रीत बजेट निर्माण हुँदै आएकोमा अबदेखि सिधै स्थानीय निकाय केन्द्रीत पहिलो संघीय वजेटको तयारी भएको हो । नवनियुक्त अर्थसचिव राजन खनालले पनि पहिलो संघीय बजेट स्थानीय तहलाई पहिलो प्राथमिकतामा राखेर बनाईने बताउनुभएको छ । प्रत्येक बर्षको जेठ १५ मा बजेट ल्याउनुपर्ने बाध्यकारी संवैधानिक व्यवस्था अनुसार अर्थले बजेट छलफल तिव्र पारेको हो । सरकारले यो बर्ष १२ खर्ब ९३ अर्ब रुपैयाँ हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । अर्थतन्त्रका अधिकांश सुचकहरु नकारात्मक रहेको अवस्थामामा जनअपेक्षा अनुसारको बजेट ल्याउन सरकारलाई चुनौती रहेको सचिव खनालले बताउनुभयो । नवनियुक्त सचिव खनालले आजैदेखि कार्यभार सम्हाल्दै हुनुहुन्छ । यसैबीच अर्थमन्त्रालयले बजेटमा समावेश गर्नुपर्ने बिषयबारे सर्वसाधरण र सरोकारवालालाई सुझावका लागि आह्वान गरेको छ ।

Share.

Leave A Reply