play_circle_outline On Air

अभिमत

play_circle_outline On Air

अभिमत

जेठ १२ मा सलमान काठमाडौं आउने

0

चैत्र २६, गत फागुनमा स्थगित भएको बलिउड अभिनेता सलमान खानको काठमाडौं आउने कार्यक्रम जेठ १२ मा हुने भएको छ ।
मुम्बईस्थित जेए इभेन्ट्सले नेपालमा आयोजक रहेको ओडीसी इन्टरटेनमेन्टलाई पठाएको पत्रमा मे २६ तारिख (जेठ १२) मा सलमानको दबङ टूर नामक काठमाडाै‌ंमा हुने उक्त कार्यक्रमको समय निश्चित गरिएको उल्लेख छ ।सलमान खानसहित सोनाक्षी सिन्हा, कृति सनोन, प्रभु देवा, दिशा शाह, मिट ब्रस, मनिष पल र डान्सरहरु सोका लागि निश्चित गरिएको समेत पत्रमा उल्लेख छ ।
काठमाडौंको टुाडिखेलमा गत फागुन २६ मा आयोजना गर्ने भनिएको दबङ टुर नामक उक्त कार्यक्रम विप्लव समूहको धम्कीलाई देखाउँदै अन्तिम समयमा स्थगित गरिएको थियो ।कालो हरिण शिकार अभियोगमा सलमान धरौटीमा रिहा भएलगत्तै उनको कार्यक्रम तय भएको छ । गत बिहीबार अभिनेता खानलाई जोधपुर अदालतले १० हजार जरिवानासहित ५ वर्ष जेल सजाय सुनाएको थियो । शनिबार उनी २५ हजार धरौटीमा रिहा भएका थिए ।

Share.

Leave A Reply