play_circle_outline On Air

रंगबाहर

play_circle_outline On Air

रंगबाहर

सिरियाको टेफर विमानस्थलमा मिसाइल आक्रमण

0

चैत २६ । युद्धग्रस्त सिरियाको होम्स शहरस्थित टेफर विमानस्थलमा मिसाइल आक्रमण हुँदा कयौंको मृत्यु भएको छ ।होम्स शहरस्थित टी–४ एयरवेसनजिकै विस्फोटका ठूला आवाज सुनिएको र त्यहाँ मिसाइल आक्रमण भएको सिरियन टेलिभिजनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।स्थानीय सञ्चारमाध्यमहरुले मिसाइल आक्रमणमा धेरैको मृत्यु भएको जनाएका छन् । सिरियाको विद्रोही नियन्त्रित क्षेत्र डोमामा भएको रासायनिक आक्रमणको विश्वमै निन्दा भइरहेका बेला केही समयअघि सक्रिय पारिएको सैन्य विमानस्थलमा पनि मिसाइल आक्रमण भएको हो । आक्रमण कसले गरेको हो भन्ने पुष्टि हुन सकेको छैन ।

Share.

Leave A Reply