play_circle_outline On Air

रंगबाहर

play_circle_outline On Air

रंगबाहर

११ औँ संस्करणको आइपिएल आजबाट, चेन्नई र मुम्बई भिड्दै

0

चैत २४,
इन्डियन प्रिमियर लिग आइपिएलको ११ औँ संस्करण आज सुरु हुँदैछ । उद्घाटन खेलमा डिफेन्डिंग च्याम्पियन मुम्बई इन्डियन्स र २ पटकको च्याम्पियन टोली चेन्नइ सुपर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल स्थानीय समयअनुसार राती ८ बजे मुम्बईस्थित वानखडे मैदानमा हुनेछ । आइपिएलमा स्पट फिक्सिङ घटनापछि दुई वर्षका लागि निलम्बित चेन्नई सुपर किंग्स यसपटक प्रतियोगितामा सहभागि भएकाले पनि यो म्याच घरेलु दर्शकका लागि महत्वपूर्ण मानिएको छ । मुम्बई इन्डियन्स साविक बिजेता टिम हो । यी दुवै टिमबीचको भिडन्त निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ । साबिक विजेता मुम्बइ इंडियन्स २०१३, २०१५ र २०१७ मा आइपिएलको विजेता हो भने चेन्नई २०१० र २०११ को विजेता टोली हो । चेन्नई महेन्द्रसिंह धोनी र मुम्बई रोहित शर्माको कप्तानीमा मैदानमा उत्रदैछ ।

Share.

Leave A Reply