चैत २३ । खैरहनी नगरपालिका भित्र कुष्ठरोगी खोजिगर्न घरदैलो कार्यक्रम गरिने भएको छ । नेपाल सरकारको कुष्ठरोग निवारण कार्यक्रम अन्र्तगत सो नगरपालिकामा चैत ५ गते देखि २९ गते सम्म घरदैलो कार्यक्रम गरेर कुष्ठरोगीको खोजि गरिने नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख माया पाण्डेले जानकारी दिईन । नगरमा कुष्ठरोगी भए नभएको पत्ता लगाउन स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयम सेविका नगरबासीको घरघरमै पुग्ने छन । कुष्ठरोगी खोजि गर्न परिचालन भएको टोलीले शंकास्पद व्यक्तिलाई परीक्षणको लागि सम्बन्धित स्वास्थ्य संस्थामा पठाउने छन । घरदैलोमा स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयम सेविका गरी ४४ जनाको टोली परिचालन गरिने प्रमुख पाण्डेले जानकारी दिईन । उनले आफ्नो घरमा आईपुगेका स्वास्थ्यकर्मीहरुलाई समस्याका बारेमा जानकारी गराएर कुष्ठरोग निवारण अभियानमा सहयोग गर्न नगरवासीलाई आग्रह गरिन । खैरहनी नगरपालिका भित्र अहिले ८ जना कुष्ठरोगीले औषधि सेवन गरिरहेका छन । सरकारले २०६६ सालमा नेपाललाई कुष्ठरोग निवारण भएको घोषणा गरेपनि तराईका १८ जिल्लामा यो रोग उल्मुलन हुन सकेन । कुष्ठरोगीको संख्या प्रतिशतका आधारमा एक भन्दा तल झार्न सरकारले अभियान सुुरु गरेको हो ।
खैरहनी नगरपालिका भित्र कुष्ठरोगी खोजिगर्न घरदैलो
0
Share.