play_circle_outline On Air

टप टेन

play_circle_outline On Air

टप टेन

ओली सरकार एकलौटी रुपमा हिड्न खोजेको कांग्रेस नेता सिंहको आरोप

0

चैत २३ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ओली सरकार एकलौटी रुपमा हिड्न खोजेको आरोप लगाएका छन् ।काठमाडौंमा आयोजित नेपाल बित्तीय संस्था कर्मचारी संघको आठौं राष्ट्रिय महाधिवेशनमा उनले सरकार एकलौटी रुपमा हिड्न खोजे कांग्रेसले लगाम लगाउने बताए ।सरकारले जनताको काम गर्न नसकेको भन्दै उनले कर्मचारीतन्त्र अस्तव्यस्त भएको आरोप पनि लगाए । वर्तमान सरकार कर्मचारीका अधिकार कटौति गर्न उद्धत रहेको भन्दै उनले कर्मचारीका हक, अधिकार कटौति हुन नदिने प्रष्ट पारे ।
विगतका गल्तीबाट पाठ सिक्दै कांग्रेस देशब्यापी संगठन बिस्तारमा सक्रिय रहेको उनको भनाइ थियो । कांग्रेसभित्र अब कुनै गुट, उपगुट नरहने दावी पनि सिंहको छ ।नेपाल बित्तीय संस्था कर्मचारी संघका अध्यक्ष गणेशबहादुर केसीले सरकार कर्मचारीका हक, अधिकार कटौति गर्न उद्धत रहेको आरोप लगाए ।दुई दिनसम्म चल्ने अधिवेशनले आगामी चार बर्षका लागि नयाँ नेतृत्व चुन्ने छ । अधिवेशनमा देशभरबाट आएका प्रतिनिधि सहभागी छन् ।

Share.

Leave A Reply