play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

सलमानले जमानत पाएनन्, आज पनि जेलमै बस्नुपर्ने

0

चैत २३ । हरिण सिकार मामलामा अदालतबाट दोषी ठहर भई पाँच वर्षको जेल सजाय पाएका बलिउड अभिनेता सलमान खान जमानतबाट रिहा हुने प्रयासमा रहे पनि आज उनको प्रयास सफल हुन सकेन ।जोधपुरको जिल्लासत्र न्यायालयमा सलमानले जमानतमा रिहाईका लागि अपिल गरेका छन् ।आज अदालतले उनको निवेदनमा सुनुवाइ गरे पनि फैसला दिएको छैन । तल्लो अदालतबाट आउनुपर्ने कागजात नआएका कारण जमानतमाथि फैसला नभएको बताइएको छ ।


सलमान खानको तर्फबाट उनका वकिल महेश बोडाले जमानतका लागि निवेदन दिएका छन् । न्यायाधीशले दुवै पक्षलाई यस मामलामा सबै दस्तावेज उपलब्ध गराउन आदेश दिएका छन् ।यसअघि हिजो उनलाई अदालतले हरिण सिकारमा दोषी ठहर गर्दै पाँच वर्ष जेल सजाय तोकेको थियो । अदालतको फैसला लगत्तै उनलाई जेलमा राखिएको छ । उनी सो फैसलाविरुद्ध अपिलको तयारीमा छन् ।

Share.

Leave A Reply