प्रधानमन्त्री ओली तीनदिने भारत भ्रमणको क्रममा नयाँदिल्लीमा

0

चैत २३ – प्रधानमन्त्री केपी शर्मा ओली तीनदिने भारत भ्रमणको क्रममा नयाँदिल्ली पुग्नुभएको छ । प्रधानमन्त्री ओलीलाई नयाँदिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री राजनाथ सिंहले स्वागत गर्नुभएको छ । यसअघि भारतीय विदेशराज्यमन्त्रीले स्वागत गर्ने भारतको परम्परा थियो । यसपटक प्रधानमन्त्री ओलीको स्वागतका लागि भारतले वरिष्ठ मन्त्रीलाई विमानस्थल पठाएको हो । तीन दिने राजकीय भ्रमणका लागि प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत जानुभएको हो । प्रधानमन्त्री ओली शुक्रबार विहान ५४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत प्रस्थान गर्नुभएको हो। प्रधानमन्त्री ओलीले शनिबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुहुने कार्यक्रम छ ।

Share.

Leave A Reply