play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

हरिण शिकार मामलामा सलमान खान दोषी ठहर

0

बलिउड अभिनेता सलमान खानलाई भारतको एक अदालतले हरिण शिकार मामलामा दोषी ठहर गरेको छ ।बिहीबार २० वर्ष पुरानो मुद्दामा जोधपुर अदालतले फैसला सुनाएको हो । सलमानलाई दोषी ठहर गरिए पनि सजाय तोकिएको छैन । उक्त कसुरमा ६ वर्षसम्म जेल सजाय हुने कानून व्यवसायीहरु बताउँछन् ।

सोही मुद्दामा सैफ अली खान, तब्बु, सोनाली बेन्द्रे, नीलमलाई भने अदालतले सन्देहको लाभमा सफाइ दिएको छ ।

चलचित्र ‘हम साथ साथ हे’ को छायांकनको सिलसिलामा उनीहरुले कालो हरिणको शिकार गरेको अरोप लागेको थियो ।

Share.

Leave A Reply