play_circle_outline On Air

रंगबाहर

play_circle_outline On Air

रंगबाहर

प्रधानमन्त्री ओलीले भारत भ्रमणबारे पूर्व प्रधानमन्त्रीहरुसँग छलफल गर्दै

0

चैत २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पूर्व प्रधानमन्त्रीसंग छलफल गर्नुहुने भएको छ । प्रधानमन्त्री ओली भारत भ्रमणमा जानु पहिले पूर्व प्रधानमन्त्रीसंग छलफल गर्न लाग्नु भएको हो ।विगतमा नेपाल र भारतका विचमा भएका विभिन्न सन्धि सभ्झौलाको जानकारी लिन तथा भ्रमणका समयमा नेपालका तर्फवाट उठाउने एजेन्डा तय गर्न छलफल गर्न लागेको प्रधानमन्त्रीका प्रेश संयोजक चेतन अधिकारीले जानकारी दिनुभएको छ । प्रधानमन्त्री ओली पर्सिदेखि तीन दिने भ्रमणको लागि भारत जाँदै हुनुहुन्छ ।उहाँले आउँदो शनिबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेट्ने कार्यक्रम छ । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पुराना सम्झौताको कार्यान्वयनमा जोड दिने बताउनुभएको छ । कम्युनिष्ट गठवन्धनवाट ओली प्रधानमन्त्रीमा निर्वाचित भएपछि हुन लागेको पहिलो विदेश भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

Share.

Leave A Reply