play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

सबैलाई हसाउने मदनकृष्णले जब सबैलाई रुवाए (फोटो सहित)

0

चैत २०– सानोपर्दा, ठूलो पर्दा होस् या स्टेज कार्यक्रम मार्फत सबैलाई हसाउँदै आएका बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले आज धेरैलाई रुवाए । सोमबार राती निधन भएकी पत्नी यशोदा सुवेदी ‘श्रेष्ठ’को पार्थिव शरीर दाहसंस्कारका लागि चितामा राख्ना साथ उनी भक्कानिए पछि अन्तिम संस्कारमा पुगेका कलाकार, रंगपत्रकार तथा उपस्थित सर्वसाधारणको समेत आँखा रसाएका थिए ।

पत्नीको पार्थिव शरीरतिर हेर्दै भक्कानिएका श्रेष्ठलाई सहकर्मी कलाकार हरिवंश आचार्यले सम्हाल्दै चिताको परिक्रमा गराए ।
लामो समयदेखि क्यान्सरबाट पीडित यशोदाले सोमबार राति १०ः४५ बजे हरिसिद्धीको क्यान्सर अस्पतालमा अन्तिम श्वास फेरेकी हुन् । श्रेष्ठकी पत्नी ६७ वर्षकी थिइन् । यशोदा पहिले आन्द्रा, त्यसपछि फोक्सो र पछिल्लो समय मेरुदण्डको क्यान्सरबाट पीडित थिइन् ।


मृत्युको समाचारसँगै यसोदाको अन्तिम संस्कार पशुपति आर्यघाटमा हुने सार्वजनिक भएपछि यसोदालाई अन्तिम श्रद्धान्जली दिन कलाकर्मी तथा रंगपत्रकार तथा सर्वसाधारण बिहान ९ बजेदेखि नै पशुपति पुगेका थिए । तर यशोदाको शव ११ बजेमात्र आर्यघाट पुर्याइएको थियो ।


यशोदालाई अन्तिम श्रद्धाञ्जली दिन हरिवंश आचार्य, किरण केसी, शिबहरी पौडेल, राजाराम पौडेल, बशुन्धरा भुषाल, दीपकराज गिरी, शलेन्द्र श्रृखडा लगायत नयाँ तथा पुराना कलाकारदेखि गायक गायिकासम्म पुगेका थिए ।

Share.

Leave A Reply