चैत्र १९, प्रधान सेवा समाज चितवनले बर्ष २०७४–७६ का लागी बार्षिक कार्ययोजना तर्जुमा गोष्ठी सम्पन्न गरेको छ ।
गोष्ठीमा बोल्दै समाजका अध्यक्ष प्रचण्डलाल प्रधानले प्रधान दाजुभाईहरुलाई एकसूत्रमा बांधी परम्परादेखि चल्दै आएको आफ्नो भाषा, संस्कृति र धर्मलाई सद्भावका साथ जोगाई राख्न प्रधान सेवा समाज चितवन गठन गरिएको स्पष्ट पार्नुुभयो ।
सो गोष्ठीले समाजको विधानको परिधिभित्र रही उद्देश्यहरु बमोजिम विभिन्न विषयगत क्षेत्रहरु सामाजिक कार्यहरु, सचिवालय सुदृढिकरण र मन्दिर व्यवस्थापन, भाषा कला संस्कृति जर्गेनामा विभिन्न कृयाकलापहरु एवम् कार्यक्रमहरु सञ्चालन गर्ने योजना बनाएको छ । तय गरिएका मुख्य कार्यक्रमहरु पुर्खाहरुले स्थापना गरेका मठ मन्दिर, पाटी पौवाहरुको संरक्षण एवम् सम्बद्र्धन गर्ने, रक्तदान कार्यक्रम गर्ने, प्रमुख चाडपर्वहरुको व्यवस्थापन गर्ने, स्वास्थ्य शिविरहरु सञ्चालन गर्ने, बुलेटीन प्रकाशन गर्ने, छात्रवृत्ति तथा सम्मान कार्यक्रमको आयोजना गर्ने रहेका छन् । कार्यक्रमहरुलाई निरन्तर गरिने, दीर्घकालिन र तत्काल गरिने कार्यक्रमहरु गरी तीन भागमा विभाजन गरिएको छ । विशेष गरी बन्दीपुर र नारायणगढलाई केन्द्रित गरी सो कार्यक्रमहरु सञ्चालन गरिने बताईएको छ
कार्यक्रमको समापनमा समाजका उपाध्यक्ष मनोज प्रधानले कार्ययोजना तर्जुमा गोष्ठीबाट राम्रा कार्यक्रमहरु बनेको र यसले मार्गनिर्देश समेत गर्ने भएकोले हामी कसैको पनि यो मेहनत खेर नजाने बताउनुभयो ।
प्रधान सेवा समाज चितवनको बार्षिक कार्ययोजना तर्जुमा गोष्ठी सम्पन्न
0
Share.