play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

अभिनेता अनमोल केसीको आज २४ औँ जन्मदिन

0

चैत १६ – अभिनेता अनमोल केसीको आज २४ औँ जन्मदिन परेको छ । विक्रम सम्वत २०५१ साल चैत्र १६ गते बुवा अभिनेता भुवन केसी र आमा अभिनेत्री सुस्मिता बोम्जनको सुपुत्रको रुपमा उनको जन्म भएको हो । भुवन र सुस्मिताका उनी एक्लो सन्तान हुन् । भुवन भने पहिलो श्रीमतीबाट दुई सन्तानका पिता यस अघि नै बनिसकेका थिए ।६ वर्षअघि सिनेमा ‘होस्टेल’बाट सिने नगरीमा मुख्य अभिनेताको रुपमा डेब्यू गरेका अनमोल अहिले एक स्टारको रुपमा स्थापित भइसकेका छन् । नेपाली सिनेमाको स्टारको रुपमा उनको नेपालमामात्रै हैन विदेशमा पनि चर्चा हुने गरेको छ । केही समय अघि मात्रै उनलाई भारतीय मिडियाहरुले नेपालको महंगो स्टारको रुपमा कभर गरेका थिए ।
यसका अलावा उनी नेपालका आकर्षक पुरुषको सूचीमा पनि पर्ने गरेका छन् । १९ वर्षको उमेरमा मुख्य अभिनेताको रुपमा डेब्यू गरेका अनमोल बाल्यकाल देखि नै सिनेमासँग जोडीएका छन् । एक त उनको रगतमै सिनेमा मिसिएको छ । किनभने उनका बुवा भुवन केसी र आमा शुष्मिता बोम्जन नेपाली सिनेमाका सफल कलाकार हुन् ।आमा बुवाकै कारण पनि सानै देखि उनी सिनेमासँग जोडिने पाए । उनलाई सन् २००८ को सिनेमा ‘सुपरस्टार’मा निर्माताको रुपमा राखिएको छ । यसका अलावा उनले २००८ कै सिनेमा ‘म तिमी बिना मरिहाल्छु’र २०१२ को सिनेमा ‘साथी म तिम्रो’मा उनी निर्माताको रुपमा छन् । दुई वर्ष अघि मात्रै उनले आमा शुष्मिता बोम्जनसँग मिलेर सिनेमा ‘म त तिम्रै हुँ’ निर्माण गरे ।
अनमोलले ६ वर्ष लामो सिने करिअरमा पाँचवटा सिनेमामा काम गरेका छन् । सन् २०१३ मा सिनेमा ‘होस्टेल’बाट ब्रेक लिएका उनले त्यसपछि जेरी, ड्रिम्स, गाजलु र कृमा काम गरेका छन् । ‘कृ’मा उनी एक्सन अभिनेताको रुपमा प्रस्तुत भएका थिए । दुई वर्ष मेहनत गरेर निर्माण भएको ‘कृ’ले आशातित कारोबार भने गर्न सकेन ।अनमोलले अन्य अभिनेताको भन्दा बेग्लै परिचय बनाएका छन् । उनी हत्तपत्त मिडियामा आउँदैनन् । आएपनि सिमित कुराहरु गर्छन् जसले उनलाई अरु अभिनेताको तुलनामा फरक बनाएको छ । यसका अलावा हरेक सिनेमाबाट नयाँ अभिनेत्री डेब्यू गराउने अभिनेताको रुपमा पनि उनलाई लिईन्छ ।उनको अहिलेसम्म कोही पनि अभिनेत्रीसँग दोहोर्याएर काम गरेका छैनन् नत उनले काम गरेका अभिनेत्रीहरुले उनीसँग काम गर्नुअघि कुनै सिनेमामा काम गरेका हुन्छन् । विशुद्ध नयाँ अभिनेत्रीसँग उनको जोडी बाँँधिने गरेको छ ।यतिबेला सिनेमा ‘क्याप्टेन’को तयारीमा जुटेका अनमोलले यो सिनेमामा पनि नयाँ अभिनेत्री उपासना सिंह ठकुरीसँग काम गर्दैछन् । यो सिनेमामा अनमोल फुटबल खेलाडीको भूमिकामा प्रस्तुत हुँदैछन् ।

Share.

Leave A Reply