play_circle_outline On Air

रंगबाहर

play_circle_outline On Air

रंगबाहर

आइपिएलको तयारीमा टिमसँग पहिलोपटक सन्दिप लामिछाने उत्रिए मैदानमा

0

चैत १६ । इन्डियन प्रिमियर लिग (आइपिएल) मा नेपालबाटै पहिलो पटक सहभागिता जनाउने सौभाग्य पाएका सन्दिप लामिछाने पहिलोपटक आफ्नो टिमका खेलाडीहरुका साथ मैदानमा उत्रिएका छन् ।उनले बिहीबार आफ्नो टिम ‘दिल्ली डेयरडेभिल्स’ का खेलाडीहरुसँग मैदानमा अभ्याससमेत गरे ।प्रशिक्षक रिकी पोन्टिङ, कप्तान गौतम गाम्भीरलगायत अन्य खेलाडीहरुसँग सन्दिप निकै उत्साहित हुँदै मैदानमा फिटनेश अभ्यासमा सहभागी भएका हुन् ।दिल्ली डेयरडेभिल्सले आफ्नो पहिलो म्याच ८ अप्रिलमा किंग्स इलेभेन पञ्जावसँग खेल्दैछ । सन्दिप उक्त म्याचमा मैदानमा उत्रिने हुन् या होइनन् भन्नेमा धेरै नेपालीहरुको चासो छ ।
सन्दिपलाई यतिबेला उनको टिमले निकै महत्व दिएको छ । नेपालका लागि उनले खेलेका पछिल्ला खेलमा उत्कृष्ट प्रदर्शन गरेका कारण दिल्ली डेयरडेभिल्सले उनलाई निकै महत्व दिएको हो ।दिल्ली डेयरडेभिल्सले सन्दिपका अनुभव र प्रतिक्रियालाई भिडियो क्लिपमार्फत सार्वजनिकसमेत गरेको छ । सन्दिपले आफू निकै उत्साहित भएको र टिमसँग घुलमिल गरिरहेको बताएका छन् ।

Share.

Leave A Reply