play_circle_outline On Air

रंगबाहर

play_circle_outline On Air

रंगबाहर

नेपाली तेक्वान्दो टोली आज बैंकक जाँदै

0

चैत १६ -१४ औं एयू प्रिन्सेस कप तेक्वान्दो च्याम्यिनसिपमा सहभागी हुन ११ खेलाडी सहित १४ सदस्यीय नेपाली टोली आज थाइल्यान्डको बैंकक प्रस्थान गर्दैछ । पुरुषको ४४ केजीमा कुशल श्रेष्ठ, ५४ केजीमा बसन्त तामाङ, ५३ केजीमा राहुल गुरुङ, ३६ केजीमा आर्जेश सिम्खडा, २८ केजीमा अर्पण पाण्डे, ३७ केजीमा सौरव बस्नेत, २६ केजीमा मुकेश पाण्डे तथा पुम्सेमा शुभ सुवेदी र राजेन्द्र डंगोलले प्रतिश्पर्धा गर्नेछन् । त्यस्तै, महिला ३९ केजीमा नम्रता कँडेल र पुम्सेमा माया पाण्डेले प्रतिस्पर्धा गर्नेछन् । टोलीको मुख्य प्रशिक्षकमा नेप्लिज तेक्वान्दो एकेडेमी ९एनटीए० का अध्यक्ष अशोक खड्का र सहायक प्रशिक्षकमा राजकुमार ठकुरी तथा व्यवस्थापकमा विशाल कँडेल छन् । प्रतियोगिता मार्च ३१ देखि अप्रिल १ तारिखसम्म हुनेछ ।

Share.

Leave A Reply