play_circle_outline On Air

रंगबाहर

play_circle_outline On Air

रंगबाहर

ठोरीलाई ३ नम्बरमा आयोगले गाभ्नेछ: मुख्यमन्त्री डोरमणि

0

१२ चैत । प्रदेश नम्बर ३ का मुख्य मन्त्री डोरमणि पौडेलले ठोरी ३ नम्बर प्रदेशको सबैभन्दा छोटो उपयोगी नाका हुने बताएका छन् ।
माडीका विभिन्न ठाउँमा अवलोकन लागि गएका पौडेल ठोरी समेत पुगेर त्यहाँको विभिन्न ठाउँहरुको अनुगमनपछि यस्तो प्रतिक्रिया दिएका हुन् ।मुख्य मन्त्री पौडेललाई ठोरीमा भव्य स्वागतसगैँ त्यहाँका स्थानियहरुले ठोरीलाई प्रदेश ३ मा नै राख्न माग समेत गरेका थिए ।उनले यो विवादका लागि आयोग बनेको र अर्को चुनाव अघि ठोरी ३ प्रदेशमा नै हुने बताए । आयोगले नै ठोरीमा स्थलगत अवलोकन र निरीक्षण गरि प्रतिवेदन समेत बनाउने उनको भनाइ छ।
उनले प्रदेश ३ मा गाभ्ने विषय कानुनी प्रक्रिया आयोग बनेकोले त्यसैले जनताको अपेक्षा अनुसार काम गर्ने भन्दै ढुक्क रहन आग्रह पनि गरे ।सो अवसरमा उनले ठोरीका विभिन्न ठाउँको स्थलगत अनुगमन गरेका थिए । मुख्यमन्त्री पौडेलको साथमा भूमिसुधार, कृषि तथा सहकारीमन्त्री दावा लामा, माडी नगरपालिकाका मेयर ठाकुर ढकाल सहित प्रदेश सासदहरु सहभागी थिए ।

Share.

Leave A Reply