play_circle_outline On Air

लोकभाका

play_circle_outline On Air

लोकभाका

आइजिपी नियुक्ति विवाद प्रकरणः सम्भवत आजै फैसला

0

७ चैत – नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) नियुक्ति सम्बन्धमा परेको रिटमा सर्वाेच्च अदालतको पूर्ण इजलासले सम्भवतः आज फैसला दिर्दैछ । प्रधान न्यायाधीश सुशीला कार्की, न्यायाधीशहरु डा आनन्दमोहन भट्टराई, ईश्वरप्रसाद खतिवडा, अनिलकुमार भट्टराई, हरिकृष्ण कार्कीको पूर्ण इजलासमा निवेदकका पक्षबाट सुनुवाई हुँदाहुँदै समय सकिएकाले आजका लागि सुनुवाई जारी रहेको हो ।

नेपाल प्रहरीका नायब महानिरीक्षक नवराज सिलवालका तर्फबाट हिजो डा भीमार्जुन आचार्य, वरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की, बालकृष्ण न्यौपाने, तुलसी भट्ट, शम्भु थापा र अधिवक्ताहरु ओमप्रकाश अर्याल, बाबुराम कुँवर, हरि फुयाँल, विजयकान्त मैनाली, विकास भट्टराई, शिवकुमार यादव लगायतले बहस गर्नुभएको थियो ।  आज सरकारका तर्फबाट सहन्याधिवक्ता रेवती त्रिपाठी र उपमहान्याधिवक्ता त्रिकेन्द्र दाहालले बहस गरेपछि आजै अन्तिम फैसला गर्ने सम्भावना छ ।

नेपाल प्रहरीको महानिरीक्षक पदमा जयबहादुर चन्दलाई बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगराउन यसअघि सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिएको थियो भने आफू वरियताको १ नम्बरमा रहेको भन्दै डिआइजी नवराज सिलवालले पनि रिट निवेदन दिनुभएको थियो । त्यसमा पनि सर्वोच्चले अल्पकालीन आदेश दिएको थियो ।

Share.

Leave A Reply