play_circle_outline On Air

रंगबाहर

play_circle_outline On Air

रंगबाहर

राष्ट्र संघको परिषदबाट हट्ने अमेरिकाको धम्की

0

चैत १०, संयुक्त राष्ट्र संघको मानव अधिकार परिषदले इजरायल विरुद्ध पाँच वटा खेद प्रस्ताव पारित गरेको छ। सो प्रस्ताव पारित भएसँगै अमेरिकाले आफ्नो धैर्यको बाँध भत्किएको भन्दै परिषदबाट हट्न सक्ने धम्की दिएको छ। अमेरिकी राजदूत निक्की हेलीले इजरायल विरुद्ध परिषदको रवैया पक्षपातपूर्ण रहेको बताएको छ। उनका अनुसार, परिषद्ले उत्तर कोरिया, इरान र सिरिया विरुद्ध मात्र तीन प्रस्ताव पारित गरेको छ। ४७ सदस्य राष्ट्र रहेको राष्ट्रसंघीय मानव अधिकार परिषद्बाट अमेरिकाले गत वर्षबाट हट्ने चेतावनी दिँदै आएको छ।परिषद्‌मा रहेका इस्लामिक सहयोग संगठनका सदस्य देशहरुले परिषदको ‘एजेन्डा आइटम ७’ को पाँच प्रस्ताव पेश गरेका थिए, जो इजरायलका लागि चिन्ताजनक छ।

Share.

Leave A Reply