चैत १० । फ्रान्समा आतंकवादी कार्यमा संलग्न एक जना बन्दुकधारी सुरक्षा कार्वाहीमा मारिएका छन् ।आफू मारिनुअघि ती व्यक्तिले ट्रेब नगरस्थित एक सुपरमार्केटमा प्रवेश गरी अरू तीन जनाको हत्या गरेका थिए ।सुपरमार्केटमा छिर्नुअघि एउटा कार आफ्नो नियन्त्रणमा लिने क्रममा उक्त व्यक्तिले कारमा रहेका एक जनाको हत्या गरेको र चालकलाई घाइते बनाएका थिए ।बन्दुकधारीले आफू लडाकु समूह आईएससँग सम्बन्धित भएको दाबी गरेका थिए । उनी मोरक्कोको नागरिक भएको बताइएको छ ।
प्रत्यक्षदर्शीहरूका अनुसार बन्दुकधारी गोली चलाउँदै सुपरमार्केटभित्र छिरेका थिए । फ्रान्सेली प्रधानमन्त्री इद्र्वा ्फिलिप्ले घटनालाई आतकंवादी कृत्य भनेका छन् ।सन् २०१५ देखि फ्रान्समा आतंकवादी ठूला आक्रमण भइरहेका छन् । पेरिसमा २०१५ को नोभेम्बरमा भएको आक्रमणमा १३० जना व्यक्ति मारिएका थिए ।(एजेन्सी)
फ्रान्समा आतंकवादी कार्यमा संलग्न एक जना बन्दुकधारी सुरक्षा कार्वाहीमा मारिए
0
Share.