play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

म्यानमारको संसदले आज नयाँ राष्ट्रपति चयनको प्रक्रिया सुरु गर्दै

0

चैत ९ । म्यानमारको संसदले आज नयाँ राष्ट्रपति चयनको प्रक्रिया सुरु गर्दैछ ।म्यानमारका राष्ट्रपति उ तिन कायले आफ्नो पदबाट राजीनामा दिएपछि म्यानमारमा राष्ट्रपति पद खाली भएको छ ।म्यानमारका उपराष्ट्रपतिलाई राष्ट्रपति पदमा उम्मेदवारी दिन मिल्नेगरी प्रक्रिया पूरा गर्ने बताइएको छ ।म्यानमारको संसदको तल्लो सदन प्रतिनिधिसभाले हालका उपराष्ट्रपतिमध्येबाट राष्ट्रपतिको उम्मेदवार बन्न पाउनेगरी निर्वाचकमन्डल गठन गर्ने र त्यसको प्रक्रिया पूरा गर्ने बताइएको छ ।म्यानमारको संविधानअनुसार राष्ट्रपतिले राजीनामा दिएपछि त्यसको सात दिनभित्र नयाँ राष्ट्रपति चयन गरिसक्नुपर्ने प्रावधान छ ।
त्यतिन्जेलसम्मका लागि यहाँका वर्तमान उपराष्ट्रपति उ मिन्त स्वेले कार्यबाहक राष्ट्रपतिकारुपमा काम गरेका छन् ।म्यानमारका राष्ट्रपति ७२ वर्षीय काय सन् २०१६ मा निर्वाचित भएका थिए । उनले स्वास्थ्यका कारण बुधबार आफ्नो पदबाट राजीनामा दिएका थिए ।उनको राजीनामापछि म्यानमारको प्रतिनिधिसभाका सभामुखले पनि राजीनामा दिएका थिए । उनको स्थानमा भने बिहीबार नै संसदले नयाँ सभामुख चयन गरिसकेको छ ।म्यानमारको वर्तमान संसद सन् २०१६ को अप्रिल महिनामा निर्वाचित भएको हो । पाँच वर्षका लागि निर्वाचित सो संसदसँगै यहाँको सरकार र संसदका पदाधिकारीहरु पनि पाँच वर्षकै लागि निर्वाचित भएका हुन् । रासस/सिन्ह्वा

Share.

Leave A Reply