९ चैत – विश्वव्यापी साहसिक पर्वतीय सम्मेलन आजदेखि काठमामाडौमा सुरु हुँदै छ । नेपालको साहसिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले विश्वव्यापी साहसिक पर्वतीय सम्मेलन तथा प्रदर्शनी ‘ग्लोबल एडभेन्चरः माउन्टेनरिङ कन्फ्रेन्स एण्ड एक्स्पो-२०१८ हुन लागेको हो । नेपाल पर्यटन बोर्डको सहकार्यमा हाउस अफ राजकर्णीकार नामक संस्थाले अन्तर्राष्ट्रियस्तरको सम्मेलन गर्न लागेको हो । तीनदिने सम्मेलनमा स्वदेशी तथा विदेशी गरी झण्डै ६० वक्ता र २सय ५० जना पाहुना सहभागी हुनेछन् । झण्डै तीन हजार सर्वसाधारणले सम्मेलनको अवलोकन गर्ने प्रक्षेपण गरिएको छ । नेपाल, भारत, चीन, अफगानिस्तान, अफ्रिका, युरोप, अमेरिकालगायत मुलुकबाट सम्मेलनमा सहभागिता रहनेछ । तीन मुख्य विषय साहसिक खेल, साहसिक पर्यटन तथा वातावरण विषयमा विशेष छलफल हुने आयोजकले जनाएको छ । त्यसैगरी, उक्त सम्मेलनमा ३० भन्दाबढी साहसिक पर्यटन र खेलसँग सम्बन्धित कम्पनीको सहभागिता रहनेछ । सम्मेलन ११ गतेसम्म चल्ने छ ।
विश्वव्यापी साहसिक पर्वतीय सम्मेलन आजदेखि काठमामाडौमा
0
Share.