play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

प्रधानमन्त्रीको भारत भ्रमण चैत अन्तिम साता हुने

0

चैत्र ८, प्रधानमन्त्री केपी शर्मा ओलीले चैत अन्तिम साता भारत भ्रमण गर्ने भएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार चैत अन्तिम साता प्रधानमन्त्री ओली दिल्ली जान लागेका हुन्।

‘चैतको अन्तिम साता भ्रणमको कुरा भैरहेको छ, मिति टुङ्गो लागेको छैन’, परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सेतोपाटीसँग भने, ‘दुईपक्षीय कुराकानी भैराखेको छ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री नियुक्त भएपछि ओलीलाई बधाई दिँदै भ्रमणको निम्तो दिएका थिए। ओली प्रधानमन्त्री चयन हुनुअघि उनकै निमन्त्रणामा भारतीय विदेश मन्त्री सुष्मा स्वराज नेपाल आएकी थिइन्।

Share.

Leave A Reply