play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

२८ देशका सेनाको संयुक्त अभ्यास आजदेखि

0

चैत ७ – काभ्रेको पाँचखालमा सोमबारदेखि नेपालसहित २८ देशका सेनाको संयुक्त अभ्यास सुरु हूँदैछ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वका विभिन्न द्वन्द्वग्रस्त देशमा खटिने सेनाबिच सहकार्य र काममा एकता ल्याउने उद्देश्यले अभ्यास आयोजना गरिएको नेपाली सेनाले जनाएको छ ।

अभ्यासमा भारत, श्रीलङ्का, बङ्गलादेश, फिलिपिन्स, अमेरिकालगायतका देशका सेनाको सहभागि हुनेछन् । अभ्यासको क्रममा शान्ति स्थापना कार्यमा परिचालन हुँदा आउने चुनौतीको सामना गर्न स्थलगत अभ्यास तथा उच्च तहमा रहन बहन गर्नुपर्ने जिम्मेवारीका बारेमा अभ्यास हुनेछ ।

नेपाली सेना विश्व शान्ति स्थापनार्थ सेना खटाउने देशको सूचीमा छैटौँ स्थानमा छ । वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा हुने अभ्यास चैत २१ गते सकिनेछ ।

Share.

Leave A Reply