चैत ७ । नेपाल निजामति कर्मचारी युनियन संघको अध्यक्षमा गोपाल प्रसाद पोखरेल निर्वाचित भएका छन् । रत्ननगरमा सम्पन्न संघको सातौं महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा आफ्ना प्रतिस्पर्धी राजेन्द्र बुढाथोकीलाई ३० मत अन्तरले पछि पार्दै पोखरेल अध्यक्षमा निर्वाचित भएका हुन् । कुल खसेको ५४४ मतमा पोखरेलले २८४ मत र बुढाथोकीले २५४ मत प्राप्त गरेका थिए । बरिष्ठ उपाध्यक्षमा सुरेन्द्र अधिकारी बिजयी भएका छन् । उनले सुशिल कुमार केसीलाई पराजित गरेका हुन । अधिकारीले ३६२ मत ल्याएर बिजयी हुदाँ के.सी ले १७० मत मात्रै ल्याएका थिए । त्यस्तै खुल्ला तर्फको उपाध्यक्षमा उत्तम कुमार कटवाल बिजयी भएका छन् । उनले कृष्ण प्रसाद दहाललाई ३३ मतले पछाडी पार्दै बिजयी भएका हुन् ।
उपाध्यक्षहरुमा प्रदेश नम्बर १ बाट दिपेन्द्र कुमार खत्री , प्रदेश नम्बर २ बाट राज किशोर राउत , ३ बाट एकनारायण शर्मा , ४ बाट शिव शर्मा अधिकारी , ५ बाट कृष्ण प्रसाद तिमिल्सीना , ६ बाट नृपजँग शाही र प्रदेश नम्बर ७ बाट नारायण प्रसाद शर्मा निर्वाचित भएका छन् । त्यस्तै उपाध्यक्षहरुमा शान्ता अर्याल,तेज बहादुर केसी , मनोज कुमार तिवारी,प्रदिप कुमार श्रेष्ठ, विनोद अधिकारी निर्वाचित भएका छन् । संघको महासचिवमा सुवास कुमार कोइराला निर्विरोध निर्वाचत भएका थिए भने उप महासचिवमा दर्गा प्रसाद फुयाल र यज्ञराज अर्याल निर्विरोध निर्वाचित भएका छन् । सचिवमा जनक बहादुर रावल,नवराज जैसी,यज्ञ बहादुर ओली,शंकर पाण्डे,गणेश भण्डारी, अशोक कुमार रौनियार र मनोज कुमार सुनुवार निर्वाचित भएका छन् । कोषाध्यक्षमा धर्मेश प्रसाद गौतम निविरोध निर्वाचित भएका थिए ।