play_circle_outline On Air

रंगबाहर

play_circle_outline On Air

रंगबाहर

श्रीलंका क्रिकेट बोर्डले नेपाललाइ दियो सुभकामना, नेपाल र श्रीलंका बीच सिरिज हुने सम्भावना

0

चैत्र ७, नेपाली क्रिकेटले पाएको एतिहासिक सफलता लाइ बिश्वभरबाट बधाई तथा शुभकामना आइरहेको छ । २२ बर्सको क्रिकेटको इतिहासमा नेपालले प्राप्त गरेको यो नै सबै भन्दा ठुलो सफलता हो ।यसै क्रममा श्रीलंका क्रिकेट बोर्डले आज जारी गरेको विज्ञप्तिमा नेपालले एकदिवसीय रास्ट्रको मान्यता पाएकोमा अबसरमा बधाई तथा शुभकामना दिएको छ ।बिगतको इतिहासलाइ नियाल्दा नेपाललाइ श्रीलंकाले क्रिकेट बिकासमा निकै ठुलो साथ दिदै आएको छ । बिगतमा नेपाली रास्ट्रिय टोलि सम्हाल्ने कोचहरु समेत श्रीलंकन रहेका छन । यस्तै नेपाली खेलाडी सोमपाल कामी टेस्ट रास्ट्रको फर्स्ट क्लास क्रिकेट खेल्न श्रीलंका नै गएका थिए।
सम्भाब होला त नेपाल र श्रीलंका क्रिकेट सिरिज ?
नेपालले अघिल्लो हप्ता मात्र एकदिवसीय रास्ट्रको मान्यता पाएको छ । यसै बीचमा सम्पूर्ण समर्थकहरुमा नेपालको पहिलो खेल कुन टोलिसग खेल्ला भन्ने आतुर रहेको बुजिएको छ । यसैबीच हामी श्रीलंका सग सिरिज खेल्न पाएको खण्डमा हामी आश्चर्यय मान्नु पर्दैन भन्ने लाग्छ ।यदी नेपालको बोर्ड हुने र बोर्डले पहल गरेको खण्डमा अबस्य कुनै पनि टिम नेपाल आएर क्रिकेट खेल्न सक्ने बुजिन्छ । यस्तो अबस्थामा नेपालले आफ्नो बिबाद चाडो मिलाएर क्यान पुनर्गठन गर्न सकेमा हामी चाडै नै श्रीलंका, पाकिस्तान, बंगलादेश जस्ता टोली नेपाल आएर खेलेको हेर्न सक्ने छौ ।नेपालको फ्यान देखेर जुन कुनै बिदेशी खेलाडी नेपाल आएर खेल्न मोहित रहेको बुज्न सकिन्छ । हामी सग भएको एउटा मात्र अन्तर्राष्ट्रिय क्रिकेट मैदानलाइ स्तर उन्नति गर्न सकेको खण्डमा हामीले चाडै नै श्रीलंका, पाकिस्तान, बंगलादेश जस्ता टोली नेपाल आएर खेलेको हेर्न सक्ने छौ ।

Share.

Leave A Reply