play_circle_outline On Air

रंगबाहर

play_circle_outline On Air

रंगबाहर

राष्ट्रिय हितमा काम गर्दा कोही रिसाउला कि भन्ने चिन्ता नगर्नुहोस्ः प्रधानमन्त्री

0

चैत्र ७, प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय हितमा काम गर्दा ‘कोही रिसाउला’ भनेर चिन्ता नगर्न मन्त्री र प्रदेश मुख्य मन्त्रीलाई सुझाव दिएका छन् ।आज बिहान सिंहदरबारमा मन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीसँगको छलफलमा उनले आफ्नो देशको हितमा काम गर्दा अरु देश रिसाउला की भन्ने सोच नराख्न आग्रह गरे ।छलफलमा प्रधानमन्त्री ओलीले अब असफल हुने छुट कसैलाई नभएको बताए। केन्द्र सरकार र प्रदेश सरकारलाई पनि असफल हुने छुट नभएको भन्दै उनले सबै राजनीतिक क्रान्ति पुरा गरिसकेका र अब असफल हुने कुनै बहाना नभएकोले अबको एकमात्रै एजेन्डा भनेको विकास मात्रै भएको बताए ।उनले अब सातै प्रदेशले विकासमा प्रतिस्पर्धा गर्नुपर्ने बताए।
यसैगरी प्रधानमन्त्री ओलीले सहस्राब्दी विकास लक्ष्य पुरा गर्न १३ वर्ष बाँकी रहेको बताउँदै यो बीचमा विकासका सबै लक्ष्य पुरा गर्नुपर्ने उल्लेख गरे। उनले यही प्रसंगमा तराइमा हरेक जाडोमा मानिस मरेका समाचार आउने गरेको उल्लेख गर्दै अबका जाडोमा यस्ता समाचार सुन्न नपर्ने गरी काम गर्न आग्रह गरे।यस्तै उनले प्रदेशबीच कुनै कानुनी समस्या भए उक्त समस्या फुकाउन महान्यायाधिवक्ताको संयोजकत्वमा सहजीकरण समिति बनेको बताए। छलफलमा रक्षा, गृह, कानुन र अर्थ मन्त्री, सातै प्रदेशका मुख्य मन्त्री र सचिव सहभागी छन्।बैठक जारी छ।अहिले मुख्य मन्त्रीले आफ्नो कुरा राखिरहेका छन्।

Share.

Leave A Reply