play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

जेठपछि मुलुक पूर्ण लोडसेडिङमुक्तः कुलमान घिसिङ

0

जेठपछि मुलुक पूर्ण रुपमा लोडसेडिङमुक्त हुने भएको छ ।  नेपाल विद्युत प्राधिकरणले प्रणालीमा सुधार गरेको र स्वदेशमा निर्माणाधीन केही आयोजना सञ्चालनमा आएको र अन्य केही आउने क्रममा रहेको हुँदा भारतबाट बिजुली आयात गरेर मुलुक लोडसेडिङमुक्त गरिन लागेको हो ।

यो वर्ष निजी क्षेत्रबाट १५ जलविद्युत आयोजना सम्पन्न भई प्रणालीमा १४२ मेगावाट बिजुली थप हुने भएको छ । हाल १ सय मेगावाट क्षमताका आधा दर्जन आयोजना सम्पन्न भएका छन् । यस्तै आउँदो वर्ष पनि विद्युत प्राधिकरणको कुलेखानी र चमेलियाका अतिरिक्त साढे २ सय मेगावाट थप हुने भएको छ ।

आउँदो जेठपछि लोडसेडिङको अवस्था नआउने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । उनले आउँदो सुख्खायाममा उत्पादन कम भए पनि माग व्यवस्थापन गर्न समस्या नपर्ने भन्दै अब लोडसेडिङ नहुने स्पष्ट पारे ।

उनले माध्यमिक शिक्षा परीक्षालाई लक्षित गरी लोडसेडिङमुक्त गरिएको जानकारी दिँदै परीक्षापछि पनि यसलाई निरन्तरता दिने उनले सुनाए ।

कृषि तथा जलस्रोत समितिको आजको बैठकमा मुलुकको विद्युत उत्पादन र आपूर्ति अवस्थाका बारेमा जानकारी दिँदै उनले लोडसेडिङ हटाउन उपभोक्ताले ठुलो सहयोग गरेको बताए । “यो वर्ष माग १ हजार ५ सय मेगावाट भन्दा बढी हुने अनुमान गरेका थियौं,” उनले भने “नियमित रुपमा बिजुली आपूर्ति भएपछि माग पनि घटेर हाल १ हजार २५० मेगावाटको हाराहारीमा रहेकाले उपभोक्ताबाट ठुलो सहयोग पाएका छाैं ।”

नियमित रुपमा बिजुली आपूर्ति भएपछि इन्भर्टर प्रयोग बन्द भई १ सय मेगावाट बिजुली जोगिएको उनले जानकारी दिए ।

१ हजार २५० मेगावाट साँझ १ घण्टाको मात्र माग भएको उनले बताए । बिहान बिजुलीको माग १ हजार मेगावाटको हाराहारी र दिउँसो यो भन्दा पनि कम भएको बताए ।

प्रणालीमा अझै ३२० मेगावाट मात्र आपूर्ति कम भएपनि लोडसेडिङ भएको छैन ।

Share.

Leave A Reply