play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

निर्वाचन कुनै शक्तिले पनि अब रोक्न सक्दैन : उपप्रधानमन्त्री थापा

0

चैत ६ । उपप्रधान एवं स्थानीय विकास मन्त्री कमल थापाले स्थानीय तहको चुनाव अब कुनै पनि शक्तिले रोक्न नसक्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री थापाले सरकार र निर्वाचन आयोगले निर्वाचनको तयारी तिव्र गतिमा गरिरहेकाले कुनै पनि हालतमा निर्वाचन स्थगित नहुने बताए । निर्वाचन सुनिश्चितताकै लागि आफूहरु सरकारमा सहभागी भएको उनको भनाइ थियो ।

मन्त्री थापाले असन्तुष्ट मधेसी दलहरुलाई पनि निर्वाचनमा सहभागी गराउने प्रयास जारी रहेको बताए । उनले मधेसी दललाई चुनावमा सहभागी गराउने वातावरण सरकारले तयार गरिरहेको जानकारी दिए ।

अध्यक्ष थापाले निर्वाचन आयोगले आफ्ना पार्टीको नीतिमा निषेध गरेका विषय स्वीकार नभएको स्पष्ट गर्दै सो विषयमा औपचारिक रुपमा आयोगलाई ज्ञापनपत्र बुझाउने तयारी भइरहेको जनाए ।

Share.

Leave A Reply